हात्ती महोत्सवमा ‘फिर्के’ प्रचार
29-December-2017


जकसन डटकम
पोखरा, १५ पुस

यही पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला मोफसल दौडाहामा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार—प्रसारका लागि विभिन्न जिल्ला हुँदै चितवन पुगेका कलाकार तथा निर्माता सुलेमान शंकर ’ईकु’ र निर्देशक रवि डंगोल ’बेमान’ले बिहीवार १४ औं चितवन हात्ती महोत्सवमा फिल्मको प्रचार गरे । फिल्मको विषयमा जानकारी दिँदै  हात्ती महोत्सवमा निर्देशक डंगोल र कलाकार ईकुले आफ्नो कमेडी समेत प्रस्तुत गरेका थिए । यस्तै, शुक्रवार विहान चितवनमा फिल्म यूनिटले पत्रकारसँग पनि भेटघाट गरेको छ ।
 
निर्देशक रवि डंगोलले पत्रकारमाझ फिल्मको विषयमा जानकारी दिँदै भने, ‘फिर्के’ एउटा कमेडी प्रधान फिल्म हो । गाउँको एउटा केटा शहरपछि सुरु हुने संघर्षलाई पर्दामा उतारेका छौ ।‘ उनले पर्दा पछाडि बसेर आफूले इमान्दारपूर्वक काम गरेको बताए । यस्तै, फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ’ईकु’बाट पाएको परिचय ‘फिर्के’ले बदल्ने बताए । उनी भन्छन्, ‘फिर्के’, ’ईकु’ र ’ईकु २’ भन्दा विल्कुलै फरक छ । मेरो भूमिकामा यसमा फरक देख्न पाउनु हुनेछ ।’
 
यो फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि। गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

Write a Comment

Events
Random Picks