चकलेट भन्दा अघि आउने भयो ब्रासलेट
27-July-2015

जक्सन डटकम पोखरा,११ साउन । टेलिश्रृङखला तितो सत्यमा गैंडाको भुमिकामा चर्चित निर्मल शर्मा पछिल्लो समय ठुलो पर्दाको चलचित्र निर्देशनमा सक्रिय भएका छन् । उनले पहिलो पटक निर्देशन गरेको चलचित्र चकलेट यतिबेला बिभिन्न देशहरुमा प्रदर्शनमा छन् । तर नेपालमा भने रिलिज गरिएको छैन । बैशाख १२को महाभुकम्पपछि कुनैपनि फिल्महरु रिलिज नभएको अवस्थालाइ मध्येनजर गर्दै चकलेट रिलिज नगरिएको निर्देशक शर्माले बताएका छन् । यस्तै नायक रमेश उप्रेदीको कमब्याकको रुपमा निर्माण गरीएको चलचित्रलाइ पनि

शर्मालेनै निर्देशन गरेका हुन् भने केशव भट्राइ यसका निर्माता हुन् । चलचित्रमा उप्रेदी बाहेक नम्रता सापकोटा लगायतका कलाकार रहेका छन् । र यो चलचित्र चकलेट भन्दा अघि रिलिज हुने भएको छ। निर्माणको हिसाबले पनि ब्रासलेट भन्दा चकलेट पहिले निर्माण भएको हो। तर चकलेटले यतिबेला बिदेशमा राम्रो ब्यापार गरिरहेकोले पनि तत्काल नेपालमा रिलीज नगर्ने उनको भनाइ छ। ब्रासलेटको रिलिज डेट भने फिक्स नभइसकेको शर्माले जक्सन डटकमलाइ बताए ।

Write a Comment

Events
Random Picks