अर्पणसँग नाम जोड्नु अगाडि सोच्नुहोला ः ऋचा शर्मा
31-December-2017


जकसन डटकम
पोखरा, १७  पुस

केहीहप्ता अगाडिसम्म ‘छक्का पञ्जा’माथी दिएको अभिव्यक्तिको कारण चर्चामा आएकी नायिका ऋचा शर्मा अभिनीत फिल्म ‘फिर्के’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनले विशेष भूमिका निर्वाहा गरेकी छिन् । तर, फिल्ममा उनको मुख्य भूमिका भने छैन । यो कुराको खुलासा ऋचाले शनिवार पत्रकारसँग भेटघाटको क्रममा खुलाइन् । उनले भनिन्, ‘मेरो फिल्ममा खासै लामो भूमिका छैन । तर, मेरो भूमिका कमजोर पनि छैन ।’ 

उनले आफूले फिल्मका निर्माता तथा कलाकार सुलेमान शंकर ’ईकु’ र निर्देशक रवि डंगोलको अग्रहलाई अस्वीकार गर्न नसकेर ‘फिर्के’ गरेको पनि बताइन् । उनले भनिन्, ‘मलाई ‘फिर्के’को प्रचारमा नदेख्नुको कारण यही नै हो कि मेरो फिल्ममा लिड रोल छैन । सुलेमान र नव(नायिका क्रिष्टिना पौडेल फिल्मको मुख्य कलाकार हुनुहुन्छ । मेरो सानो रोल भएपनि फिल्ममा त्यसको महत्व पनि छ ।’ उनले ‘फिर्के’ आफ्नो लागि विशेष रहेको पनि बताइन् । 

उनी अगाडि भन्छिन्, ‘लुट’ र ‘लुट २’ मा पनि मेरो सानो भूमिका थियो तर त्यसबाट म खुसी थिएँ । सधै फिल्ममा मुख्य भूमिकामा नै हुनुपर्छ भन्ने छैन । सानो भूमिका भएपनि सबैले सम्झने खाले भूमिका हुनुपर्छ । ‘फिर्के’मा मैले निर्वाहा गरेको भूमिकालाई दर्शकले मनपराउनु हुन्छ भन्नेमा ढुक्क छु ।’ 

ऋचाले सिनेवृतमा चलेको नायक अर्पण थापासँगको प्रेम सम्बन्धको चर्चाको विषयमा पनि मुख खोलिन् । पत्रकारको प्रश्नमा उनले क्रोधित मुद्रामा भनिन्, ‘उहाँ विवाहित व्यक्ति हुनुहुन्छ । उहाँसँग कसैको नाम जोड्नु अगाडि हजार पटक सोच्नुहोला । पटक(पटक सँगै काम गर्नुको पछाडि धेरै कुरा हुन्छन् । उहाँ एउटा स्क्रिप्ट राईटर, कलाकार र निर्देशक हुनुहुन्छ । ऋचा र अर्पणले ’फिर्के’सँगै ’आधा लभ’, ’सुनकेसरी’ फिल्ममा काम गरिससकेका छन् । उनले पत्रकारसँग कुराकानीको गर्नु अगाडि ‘छक्का पञ्जा’को विषयमा प्रश्न नगर्न अनुरोध गरेकी थिइन् । यस्तै, ऋचाले फिल्मकी नायिका क्रिष्टिनासँग भएको वार युद्धको विषयमा पनि बोल्न चाहिनन् ।

Write a Comment

Events
Random Picks