बलिउडका यी अभिनेत्री जो खराब ड्रेसका कारणले चर्चामा रहे
1-January-2018


जकसन डटकम
पोखरा, १८ पुस

वर्ष २०१७ मा बलिउडमा केही यस्ता अभिनेत्री देखियो । जसको खराब ड्रेसका कारण सोसल मिडियामा धेरै ट्रोल समेत बने ।  २०१८ मा यी अभिनेत्रीलाई फ्यानले यस्तो खराब ड्रेसमा देख्न पनि मन पराउँदैनन् । बलिउडका हर अभिनेत्री आफ्नो स्टाइल र फेसनका कारणले चर्चामा रहने गरेका छन् । तर यो बर्ष केही त्यस्ता चर्चित अभिनेत्री छन् । जो खराब ड्रेसका कारणले चर्चाको बिषय बन्न सफल भए । ति अभिनेत्री मध्य केही यस प्रकार छन् ।

शिल्पा शेट्टी  


बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी ड्रेसका कारण यो बर्ष आलोचित बनिन् । शिल्पाले लगाएको ‘टाई अफ फ्लावर पिन्टका ट्रान्सफरेन्स ड्रेस’लाई धेरैले चर्चाको बिषय बनाए । उनले यो ड्रेसको तलतिर धोती डिजाइनको कालो कलरको पहेट पनि लगाएकी थिइन् । शिल्पाले लगाएको यो ड्रेस उनको अहिले सम्मको बेमेल कलेक्सन थियो । उनले ड्रेसका साथ बेमेल गहना समेत लगाएकी थिइन् । शिल्पाले एक पटक ग्रीन कलरको सर्ट पनि लगाएकी थिइन् । जुन कलरमा उनलाई देखेर फ्यान निरास बनेको थिए ।

प्रियंका चोपडा 


बलिउडकी देशी गर्ल अर्थात प्रियंका चोपडाले न्युयोर्कमा आयोजित ‘मेट गाला २०१७’को रेड कार्पेटमा आफ्नो जादु देखाएकी थिइन् । सो अवसरमा उनले ट्रेच कोर्ट फेसनको फलो गरेर बालगाउन लगाएकी थिइन् । यो ड्रेसको पछाडीको कपडा धेरै लामो थियो । अमेरिकाको टिभी सिरिजमा प्रियंकाले सीआइएको भुमिका निर्बाह गरेकी थिइन् । प्रियंकाको यो लुक केहीले नराम्रो समेत माने । धेरैले प्रियंकाको गाउनको कपडा धेरै लामो भएकोमा आलोचना समेत गरे ।  कपडा सम्हाल्न उनका केही सहयोगी क्रियासिल थिए ।

कंगना रानावत 


यो बर्ष अभिनेता ज्याकी चैन भारत आएका थिए । उनको स्वागतमा एक पार्टी समेत राखिएको थियो । सो पार्टीमा कंगनाले लगाएको ड्रेस उनलाई फिट देखिएको थिएन । उनले सो समारोहका लागि गरेको मेकअप पनि नराम्रो थियो ।

करिना कपुर 


फेसनको मावलामा करिना कपुर खान धेरै अगाडि रहेकी छन् । हालै एक कार्यक्रममा उनले लगाएको रातो रंगको ड्रेस निकै चर्चामा रह्यो । उनले यो ड्रेस एक किताव विमोचन कार्यक्रममा लगाएकी थिइन् । यो ड्रेसलाई केहीले उनको अहिलेसम्मकै हट अवतार बताएका छन् । केहीले ड्रेस धेरै महँगो भएको प्रतिक्रिया दिए ।

Write a Comment

Events
Random Picks