‘जीरो’ को साथमा आए सुपरस्टार शाहरुख खान
2-January-2018


जकसन डटकम
पोखरा, १९ पुस

अंग्रेजी नयाँ वर्षको अवसरमा बलिउडका सुपर स्टार शाहरुख खानले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । ‘जीरो’, नाम रहेको फिल्ममा शाहरुख एक होचा पात्रको भूमिकामा देखिएका छन् । शाहरुखले आफ्नो ट्वीटर मार्फत फिल्म ‘जिरो’ को टीजर रिलिज गरेका छन् ।  जसमा शाहरुख एक फरक अन्दाजमा विवाह पार्टीमा नाचिरहेका देखिन्छन् । यस फिल्ममा शाहरुख फरक भूमिकामा देखिएका छन् ।  

शाहरुखका लागि २०१७ सोचेजस्तो भएन । उनका फिल्म मध्य ‘रईस’ ले राम्रै व्यापार गरे पनि अर्को फिल्म ‘जब ह्यारी मेट सेजल’ ले खराब प्रदर्शन गरेको थियो । अब नयाँ वर्षको पहिलो दिनमै ‘जीरो’को टिजर रिलिज गरेर गत वर्षको भरपाई गर्ने संकेतका साथ शाहरुख दमदार भूमिकामा देखिएका छन् । आनन्द एल राय को निर्देशन रहने फिल्ममा शाहरुखसँगै नायिका अनुष्का शर्मा र कटरिना कैफ रहका छन् । निर्देशक रायसँग शाहरुख पहिलो पल्ट काम गरिरहेका छन् । फिल्मका दुवै नायिका अनुष्का र कटरिनासँग भने यस अघि फिल्म ‘जब तक हे जान’ मा काम गरिसकेका छन् । फिल्म ‘जीरो’ सन् २०१८ को डिसेम्बर २१ मा प्रदर्शन हुनेछ । 

Write a Comment

Events
Random Picks