प्रदीप र पूजाको रोमान्सलाई करोड भ्यूअर्स
3-January-2018


जकसन डटकम
पोखरा, १९ पुस

युट्युबमा गीत मात्र होइन पछिल्लो समय पूरा फिल्मले पनि करोड भ्यूअर्स पाउन थालेका छन् । यो लिस्टमा सबैभन्दा अगाडि फिल्म ’छक्का पञ्जा’ले आफ्नो नाम दर्ता गराएको थियो । अहिलेको अवस्थामा युट्युबमा फिल्मले करोड ’भ्यू’ पाउनुलाई ठूलै मानिन्छ । यो खातामा वर्ष २०७२ को हिट फिल्म ’प्रेमगीत’ पनि इन्ट्री भएको छ । 
 
नायिका पूजा शर्मा र नायक प्रदीप खड्का अभिनीत फिल्म ’प्रेमगीत’ बक्स अफिसमा असफल भएपनि दर्शकले भने निकै रुचाएका थिए । यो फिल्म पूजा र प्रदीप दुवैका लागि टर्निङ प्वाइन्ट थियो । यही फिल्मबाट अहिले यी दुई ’मास लेभल’का स्टार बनिसकेका छन् । यो फिल्मको सिक्वेल ’प्रेमगीत २’ पनि प्रदर्शनमा आइसकेको छ । जसमा प्रदीप अटे भने पूजा बाहिरिइन् । ’प्रेमगीत’का निर्देशक सुदर्शन थापा हुन् । 
 
यो फिल्मलाई युट्युबमा ४४ हजार लाइक्स मिलेको छ भने ६ हजार बढीले कमेन्ट गरेका छन् । कमेन्टमा अधिकांशले प्रदीप र पूजाको जोडीको नै तारिफ गरेका छन् । सन्तोष सेन निर्मित यो फिल्मका ’म यस्तो गीत गाउँछु’, ’मैले सोचेको जस्तै’, ’म त अलपत्रै’ गीतलाई दर्शकले अत्याधिक रुचाएका थिए ।

Write a Comment

Events