घिमिरेको ‘म तिम्रो काले’ सार्वजनिक
3-January-2018


जकसन डटकम
पोखरा, २० पुस

लोक गायक पदमराज घिमिरेको ‘म तिम्रो काले’ बोलको लोक दोहोरी गित बजारमा ल्याएका छन् । डिजिटल स्टार पोखराको प्रस्तुती र पदमराज घिमिरे र आशा बिसीको स्वर रहेको उक्त गितमा एल. पी. ढकालको लय र हरिश्चन्द्र पौडेलकोे शव्द रहेको छ । तारानाथ आर्चायले एरेन्ज गरेका हुन् ।  हालै मात्र बजारमा आएको अडियोलाई स्रोताहरुले निकै रुचाए पश्चात म्युजिक भिडियो सार्वजनिक भएको हो ।

अडियोलाई जस्तै भिडियोलाई पनि दर्शक तथा स्रोताले रुचाउनेमा आफू आशाबादी रहेको गायक घिमिरेको भनाई छ । उक्त म्युजिक भिडियोलाई शिव भुर्तेलको निर्देशन, गणेश सापकोटाले छायाकंन र निर्देशन तारानाथ आर्चायले गरेका छन् । उक्त म्युजिक भिडियोमा मोडलहर बिकास रम्तेल र रुविना अधिकारीले अभिनय गरेका थिए ।