बदलिइन् बाहुबलीकी देवसेना
3-January-2018


जकसन डटकम
पोखरा, २० पुस

सुपरहिट फिल्म ‘बाहुबली’की देवसेना अर्थात अनुष्का शेट्टीमा धेरै परिवर्तन आएको छ । ‘बाहुबली’मा आटिली, हिम्मतवाली भूमिकामा देखिएकी अनुष्का अहिले डरपोख भूमिकामा देखिएकी छन् । अनुष्का अहिले नयाँ चलचित्र ‘भागमती’ अभिनयरत छिन् । यो चलचित्रमा उनी ‘बाहुबली’को उल्टो क्यारेक्टरमा देखिदै छिन् । यसमा उनको लुकले समेत दर्शकलाई हैरान पार्न सक्छ ।

यो एक पीरियड चलचित्र हो । जसको एक झलक अहिले सार्वजनिक गरिएको छ । जसमा अनुष्काको एक हातमा हतियार अर्काे हातमा घाउ देखाइएको छ । उनका यो अवतार निकै डराउने खालको रहेको छ । तस्बिरबाट अनुमान लगाउन सकिन्छ कि उनी चलचित्रमा डराउने केटीको भुमिकामा छिन् ।

Write a Comment