मिस नेवाका लागि विभिन्न समिति
5-January-2018


जकसन डटकम
पोखरा, २१ पुस

नेवा खलः कास्कीले सिजी मिस नेवाः ११३८ का लागि विभिन्न उपसमिति गठन गरेको छ । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजग बनाउन प्रतियोगिता आयोजना गरिएको नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

प्रतियोगिताको सहसंयोजकमा विमल श्रेष्ठ, सहमूल संयोजक (तालिम) सारा बजिमय, कोरियोग्राफर संयोजक सुलोचना शाक्य, ट्यालेन्ट शो संयोजक रसना बुद्धाचार्य, स्वयम्सेवक व्यवस्थापन संयोजक राम रजक, फोटोग्राफी व्यवस्थापन संयोजक सुमित श्रेष्ठ र प्रिजजिङ व्यवस्थापन संयोजकमा सुस्मिता प्रधान छन् । 

यस्तै, फोटो सेसन व्यवस्थापन संयोजक करिश्मा साई, टिकट व्यस्थापन संयोजक विश्व बिजुक्छे, सांस्कृतिक कार्यक्रम संयोजक सोनी ढेवाजू, साउन्ड सिस्टम एन्ड लाइट व्यवस्थापन शंकर ताम्राकार, ब्यानर व्यवस्थापन रेशमबाबु श्रेष्ठ, ड्रेस डिजाइन संयोजक दिनेश खैँजू, भ्रमण व्यवस्थापन संयोजक श्रद्धा श्रेष्ठ, मायाको चिनो व्यवस्थापन संयोजक सुरेन्द्र श्रेष्ठ र प्रचारप्रसार संयोजकमा अनिशा श्रेष्ठ छन् ।

प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भाग लिन सक्नेछन् । प्रतियोगिताको फाइनल चैत ३ गते हुने मूल संयोजक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

Write a Comment

Events
Random Picks