डबल रोल गर्न ऐश्वर्याले मागिन् १० करोड
5-January-2018


जकसन डटकम
पोखरा, २२ पुस

बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन चाँडै सन् १९६७ मा रिलिज भएकोे अभिनेत्री नरगिस अभिनीत सुपरहिट फिल्म ’रात और दिन’ को रिमेकमा देखिन सक्ने भारतीय मिडियाले बताएका छन् । यो फिल्म गर्नका लागि ऐश्वर्याले निकै महंगो रकम डिमाण्ड गरेकी छिन् । खबरअनुसार, ऐश्वर्याले १० करोड मागेकी छिन् । फिल्मका निर्माता ऐश्वर्याको माग पूरा गर्न तयार देखिएका छन् । निर्माताबाट प्राप्त जानकारी अनुसार, फिल्ममा ऐश्वर्याको दोहोरो भूमिका हुनेछ र यसका लागि उनले कडा मिहिनेत गर्नुपर्ने छ ।
 
डबल रोल भएका कारण यो फिल्मका लागि ऐश्वर्याले लामो समय दिनुपर्ने भएको छ । फिल्मलाई दिनुपर्ने समय र मिहिनेत हेरेर नै ऐश्वर्याले फिल्म निर्माण टीमसँग १० करोड माग गरेकी हुन् । हाल फिल्म ’फन्ने खान’को छायांकनमा व्यस्त ऐश्वर्याले चाँडै ’रात और दिन’का लागि तयारी सुरु गर्ने्छिन् । ऐश्वर्या राय पछिल्लो पटक करण जोहर निर्दे्शित ’ऐ दिल है मुश्किल’मा देखिएकी थिइन् ।

Write a Comment