रेड स्प्यारोको ट्रेलर सार्वजनिक
9-January-2018


जकसन डटकम
पोखरा, २६ पुस

निर्देशक डर्रेन अरोनोफस्कीसँग फिल्म ‘मदर’ बाट सफलताको रचनात्मक उडान भरिसके पछि यस्तो लाग्दैछ कि जेनिफर लरेन्स अब फिल्म ‘रेड स्प्यारो’ मार्फत सुरक्षित व्यवसायिक मैदानमा उत्रिदैछिन् । जेनिफरको फिल्म ‘रेड स्प्यारो’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ज्यासन म्याथ्यूको एक उपन्यासमा आधारित फिल्म ‘रेड स्प्यारो’ मा जेनिफर एक रुसी नृत्याङ्गना हुन्छिन । जस्लाई स्प्यारो स्कुलमा भर्ना हुन बाध्य बनाइएको हुन्छ ।

त्यहाँ त्यो महिलालाई रुसी जासुस अधिकारीको रुपमा दुश्मनलाई प्रभावित गर्दै धोका दिन प्रशिक्षित गरिन्छ । तर दुश्मनलाई प्रभावित पार्ने क्रममा एक सिआइए एजेण्टसँग भावनात्मक रुपमा नजिकिएपछिको कथा यस फिल्ममा रहेको छ । फिल्मका निर्देशक फ्रान्सिस लरेन्स हुन् । फिल्ममा जेनिफ र लरेन्ससँगै जोएल एडगर्टनलगायतको मूख्य भूमिका रहेको छ । फिल्म ‘रेड स्प्यारो’ मार्च २ बाट प्रदर्शनमा आउदैछ ।  

Write a Comment

Events
Random Picks