रियल जोडीको ‘बोबी’ नर्वेमा प्रिमियर हुने
9-January-2018


जकसन डटकम
पोखरा, २६ पुस

चर्चित कृतिमाथी आधारित भएर नेपालमा दर्जन बढी फिल्महरु निर्माण भइसकेका छन् । तर, सम्भवत पहिलो पटक कुनै रियल जोडीको वास्तविक घट्नामा नेपाली फिल्म ‘बोबी’ निर्माण भएको छ । नर्वेमा बस्दै आएका एनआरनए जोडी उमेश थापा र उनकी पत्नी कविता गुरुङको वास्तविक जीवनकथामा यो फिल्म निर्माण भएको हो । फिल्ममा रियल जोडीको नै मुख्य भूमिका छ । अब यो फिल्मको पहिलो प्रदर्शन नर्वेमा हुने भएको छ । मिलन चाम्स निर्दे्शित यो फिल्मको नर्वेको त्यो आकर्षक मल्टिप्लेक्समा प्रिमियर हुनेछ, जहाँ हलिउडका प्रख्यात सुपरस्टारहरुको फिल्म मात्र प्रिमियर भएका छन् । 

नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनीले ‘बोबी’को प्रिमियर गर्न लागेको हो । मे १० तारिखमा प्रिमियर हुने फिल्ममा कविता र उमेशका अलावा विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।

उमेश पेशाले इन्जिनियर हुन् भने कविता होटल म्यानेजर हुन् । फिल्मको स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन र अर्जुन जिसीको सम्पादन छ । यो फिल्मले प्रेम गर्ने जोडीको माया, संघर्ष र सफलताको कथा बोल्छ ।

Write a Comment