मन मिलेपछी सेक्स हुन्छ : सुजना ढकाल
31-July-2015

नेपाली रङ्गिन दुनियामा दिन प्रति दिन नयाँ नयाँ अनुहार को आगमन भैरहेको छ । फिल्म क्षेत्रमा भबिष्य खोज्दै प्रबेश गर्ने र लामो समय देखि नै सँर्घष गर्ने हरु को सँख्या पनि थुप्रै छ । झापा स्थायि घर भएर बिगत चार बर्ष देखि निरन्तर सँर्घष गरिरहेकि १९ बर्षयि नव नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । उनले आकँक्षा बस्यालको स्वरमा रहेको तिमिले त जे गरे पनि बोल को म्युजिक भिडीयो पहिलो पटक अभिनय गरिन् त्यस यता ३६ वटा म्युजिक भिडियो मा अभिनय गरिसकेकि छन् । सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् । अभिनय गरेका कुनै पनि चलचित्र हरु प्रर्दशनमा नआउँदा दर्शक हरुले उनको अभिनय हेर्न पाएका छैनन् । हालै उनि रिमेश अधिकारी को लगानि तथा शिबम् अधिकारी को निर्देशन मा रहने ऐतिहासिक चलचित्र नालापानिको लागी मुख्य नायिका को रुपमा अनुबन्धीत भैसकेकि छन् । प्रस्तुत छ सुजना सँग पोखरा का रँग पत्रकार शुसन घिमिरे ले गर्नुभएको कुराकानी :-

अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले त त्यति व्यस्त छैन भर्खरै केहि म्युजिक भिडियो को छायाँकन सकाएर बसेकि छु । यो क्षेत्रमा प्रवेश गर्नु भयो कहिले कसरी ? पन्ध्र बर्ष हुदाँ एसएलसि परिक्षा सकाए पछि,आकाँक्षा बस्यालको तिमिले त जे गरेपनी बोल को गित बाट यस क्षेत्रमा प्रबेश गरेकि हुँ।

नव नायिका हरुको अवस्था कस्तो छ ?

अहिले सम्म मेरो ठिक छ म सन्तुष्ट छु अरु को कस्तो छ थाहा भएन ।

नव नायिका हरु आफू चल्नका लागि बढि अङ्ग प्रदर्शन गर्छन भन्ने आरोप छ नि के भन्नू हुन्छ ?

त्यो त आफुमा भर पर्ने कुरा हो ग्ल्यामर फिल्ड हो अलिकति त खुल्नै पर्छ तर कुन हद सम्म भन्ने कुरा हो । अँग प्रर्दशन नै गर्नुपर्छ भन्ने छैन ।

अङ्ग प्रदर्शन गर्ने , एक प्रतिस्पर्धि सुजना ढकाल पनि हुन् , हो कि होइन ?

हाहाहा मलाई त्यस्तो लाग्दैन

चलचित्रमा हिरोइन हुनको लागी के हुनुपर्छ ?

हिरोईन हुनका लागी चाहिने प्रमुख भनेको अभिनय नृत्य साथै शारिरिक बनावट चाहिन्छ मेरो बनावट को कुरा गर्नुहोला म अहिले अलि मोटाएकि छु ।

आफ्नो प्रोफेसन बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अहिले सम्म सन्तुष्ट छु पछि के हुन्छ कसलाई के थाहा

चलचित्र कसरी छान्नु हुन्छ ?

अहिले सम्म त राम्रो व्यानर को फिल्म गरेकि त छैन ।मैले गरेको फिल्म रिलिज पनि भएका छैनन् । तर अब चाहीँ व्यानर निर्देशक कथा हेरेर काम गर्छु ।

प्रेम प्रस्ताबहरु कति आउँछन् ?

अवश्य आउँछन् नि फेसबुक मा धेरै आउँछन् ।

कसै सँग प्रेम सम्बन्धमा हुनुहुन्छ ?

थिए कुनै बेला , अहिले छैन ।

सेक्स भनेको के हो र पहिलो अनुभव कस्तो थियो ?

सेक्स भनेको मन मिलेर हुने करा हो अब यो अनुभब का बारे मा कुरा नर्गुहोस् ।

बिहे कहिले गर्नुहुन्छ ?

अहिले बल्ल १९ बर्षकि भए बिहे त परै जाओस आफुले खोजे को जस्तो केटा समेत पाएकि छैन ।

जिवन साथीको रुपमा कस्तो ब्यक्ति रोज्नुहुन्छ ?

मलाई माया गरोस मेरो ख्याल राखोस् त्यहि नै त होनि चाहिने ।

तपाईंलाई कोही ब्यक्तिको जीवन एक दिन जिउन दिईयो भने कस्को जीवन जिउन चाहनुहुन्छ ?

मलाई मेरै जिबन पयारो छ मलाई मेरो परिवार ले मेरो सबै चाहाना हरु पुर्याइदिएको छ त अरुको जस्तो जिवन कि चाहियो

अन्त्यमा के भन्नू हुन्छ ?

मैले आज सम्म सबैको साथ र माया पाएकि छु । बिशेष गरि मिडियाकर्मी को ,यो साथ र माया सदैब पाईरहुँ । धन्यबाद

Related Images

Write a Comment

Events