सलमान खानलाई ज्यान मार्ने धम्की, रोकियो रेस ३ को सुटिङ
11-January-2018


जकसन डटकम
पोखरा, २८ पुस

सलमान खानको फिल्म रेस ३ को सुटिङ रोकिएको छ । सुटिङ भइरहेको स्थलमा गई प्रहरीले सुटिङ रोकेर सलमानलाई स्कर्टिङ गरेर मुम्बईको घरसम्म र्पुयाएका छन् ।  केही दिनअघिबाट नै सलमानलाई बिश्नोई समुदायसँग जोडिएका आपराधिक समूहले ज्यानमार्ने धम्की दिइरहेका थिए । तर उक्त धम्कीलाई सामान्य रुपमा लिँदै रेमो डिसुजाको निर्देशनमा फिल्म ‘ रेस ३’ को यूनिट छायांकनमा व्यस्त थियो ।  

बिहीबार प्रहरी स्वयम् फिल्म ‘रेस ३’ को छायांकन स्थलमा गई फिल्मका प्रोड्यूसर रमेश तौरानीलाई सलमान खानलाई खतरा भएको र फिल्मको छायांकन तुरुन्त रोकी सलमानलाई जति सक्दो छिटो घर फर्काउन भनेपश्चात सलमानलाई केही प्रहरीहरुको कडा सुरक्षासहित मुम्बई स्थित उनको घर फर्काइएको छ । 

सलमानलाई १० वर्ष देखि जोधपुरमा हरिण मारेको मुद्धा चलिरहेको छ । हरिण मारेको कारण बताउँदै ग्याङस्टर लरेन्स बिश्नोईले सलमानलाई ज्यान मार्ने धम्की दिएका हुन् ।  सलमानलाई प्रहरीले केही दिनका लागि निकै सतर्कता अपनाउनुका साथै सार्वजनिक स्थलमा नजान सल्लाह दिएको छ ।

Write a Comment

Events
Random Picks