मिस्टर झोले शनिबार सिड्नीमा प्रदर्शन हुने
11-January-2018


जकसन डटकम
पोखरा, २८ पुस

रामबाबु गुरुङद्वारा निर्दे्शित तथा दयाहाङ राइको मुख्य अभिनय रहेको चर्चित चलचचित्र मिस्टर झोले नेपालमा प्रिमियर भएको भोलिपल्ट यसै शनिबार सिड्नीको इभेन्टसिनेमा बरउडमा प्रदर्शन हुने भएको छ । इपी माइग्रेशनको सहकार्य तथा वल्डवाइड फिल्म्सको संयोजन र नेप्ले इभेन्टको आयोजनामा संचालन हुन लागेको मिस्टर झोले यतिखेर निकै चर्चामा रहको चलचित्रका रूपमा चिनिएको छ। यसै शुक्रबार नेपालमा प्रिमियर हुन लागेको मिस्टर झोले समाजिक परिवेशमा बनेको कमेडी चलचित्र हो।

सिड्नीमा जनवरी १३ शनिबारको दिन हुन लागेको मिस्टर झोलेको प्रथम प्रदर्शनीमा स्थानीय चलचित्र प्रेमीहरूको उल्लेख्य सहभागिता रहने आशा गरिएको छ। चलचित्रमा वर्षा राउत, दिया पुन र हास्य अभिनेता बुद्धि तामाङको अभिनय हेर्न लायक रहने विश्वास गरिएको छ। ‘हामीले सिड्नीमा रहेका नेपाली समाजलाई नेपालसँंग जोड्ने माध्यमका रूपमा चलचित्रलाई लिएका छौं , आयोजक इपीमाग्रेसनका निर्देशक प्रजापती सिवाकोटीले भने।

‘चलचित्रमार्फत भाषा, संस्कृति र आफ्नोपनको पहिचान बढ्ने अनि नेपाल चलचत्रिको प्रवर्द्धन पनि हुने भएकोले हामीले नेपालका धेरै खाले राम्रा चलचित्रहरूलाई सिड्नीमा प्रदर्शन गर्ने जमर्को मिलाएका हौं,’  निर्माता खिलेन्द्रराज तिम्सीनाले भने, ‘चलचित्र प्रेम र हास्यरसमा आधारित भएकोले सिड्नीका नेपाली दाजुभाइले मन पराउने विश्वास हामीले लिएका छौं।’