‘न्याप्किन’ ट्रेलर रिलिज
11-January-2018


जकसन डटकम
पोखरा, २८ पुस

अपराधको कथा बोल्ने फिल्म ‘न्याप्किन’को ट्रेलर सार्वजनिक भएको छ । भूकम्प पीडितका लागि विभिन्न ठाउँमा च्यारिटी गरिएको यो फिल्मको प्रदर्शन मिति भने निर्माण टीमले घोषणा गरेको छैन । विनायक लामिछाने निर्दे्शित यो फिल्ममा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय छ । 
 
सानो बजेटमा पुरानो सिनामंगलका युवाहरुले मिलेर ‘न्याप्किन’ निर्माण गरेका हुन् । आमयुवाले भोगेको चिन्तासँग कसरि अपराध जोडिन्छ भन्ने विषयमा फिल्म निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिए । अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्टमा तयार भएको फिल्मका छायाँकर सुवास ईडो हुन् । फिल्ममा भुपेन्द्र बनको द्वन्द्व निर्देशन छ । 

Write a Comment