श्वेता खड्का बन्ने भइन् आरजे
13-January-2018


जकसन डटकम
पोखरा, ३० पुस

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको सिनेमा ‘कान्छी’ यही फागुन ४ गते देखि  प्रदर्शन हुँदैछ ।  यही मितिमा रिलिज हुने भनिएको सिनेमा ‘मंगलम’ पछि सरेपछि यो सिनेमाले सोलो रिलिज हुने मौका पाएको छ । सिनेमा सोलो रिलिज हुने भएपछि कान्छी अर्थात स्वेता खुशीका साथ सिनेमाको प्रचार–प्रसारमा जुटेकी छिन् । 

सिनेमाको प्रचार प्रसारको क्रममा रहेकी स्वेता अब  कार्यक्रम प्रस्तोता हुने भएकी छिन् । उनले नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो रेडियो अडियोमा अब कार्यक्रम सञ्चालन गर्ने भएकी छिन् । रेडियो अडियोमा उनले सञ्चालन गर्ने कार्यक्रमको नाम ‘कान्छी शो’ राखिएको छ । यस कार्यक्रममा श्वेताले अन्य सेलिब्रेटीहरुलाई अतिथिको रुपमा बोलाएर कुरा गर्ने भएकी छिन् । फागुन ४ सिनेमा प्रदर्शनको मितिलाई मध्यनजर गर्दै उनले माघको पहिलो सातादेखि ‘कान्छी शो’ सञ्चालन गर्ने भएकी हुन् ।

आकाश अधिकारीको निर्देशन रहेको सिनेमा ‘कान्छी’मा स्वेताको जोडीको रुपमा अभिनेता दयाहाङ राईले काम गरेका छन् । यसका अलावा अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासीया लगायतका कलाकारहरुको यस सिनेमामा मुख्य भूमिका छ ।

Write a Comment