पानीमा निथ्रुक्क भिजेर के गरे पोख्रेलीले यस्तो (फोटो फिचर)
2-August-2015

जक्सन डटकम, साउन १७ । साँझ छिप्पिँदै गएपछि लेकसाईडको व्यन्जन रेस्टुरेन्टमा युवायुवतीहरुको भीड बाक्लिँदै गयो । सिमसिम पानी परेर वातावरण मन्द चिसो भएपनि युवतीहरुको ‘हटनेस’ उनीहरुको पहिरनमा प्रस्ट झल्किन्थ्यो ।

व्यन्जनले आयोजना गरेको ‘रेन्टरटेनमेन्ट’ को लागि पानीमा भिजेर नाच्नलाई उनीहरु तम्तयार थिए । डिजे शेशन शुरु भयो । र, कृत्रिम रुपमा पारिएको झरीमा निथ्रुक्क भिज्दै युवायुवतीले उन्मुक्त नाच्न थाले ।

राती अबेरसम्म चल्यो डिजे शेशन । हङकङबाट आएका डिजे चिजोन, काठमाण्डौबाट आएका डिजे फुच्चे र पोखराको डिजे नटिजले युवायुवतीलाई झुमाउने खालका गीत बजाउनमा कुनै कन्जुस्याँई गरेनन् । केहि समय यता लेकसाईड सुनसान जस्तै छ । विदेशी पर्यटकहरु कमै मात्र देखिन्छन् । नेपाली पर्यटक पनि उति साह्रो आएका छैनन् ।

भूकम्प पछि सुस्ताएको लेकसाईडलाई शनिबारको ‘रेन्टरटेनमेन्ट’ले केहि मात्रामा भए पनि जगायो । झरीमा भिज्दै नाच्नका लागि शनिबार राती व्यन्जनमा सात सय भन्दा बढि युवायुवतीहरु जम्मा भएका थिए । ‘ओम ईभेन्ट्स’ले रेन्टरटेनमेन्टको व्यवस्थापन गरेको थियो ।

झरीमा रुझेर नाच्नकै लागि हङकङ, भारत, काठमाण्डौ, चितवन, धरान लगाएत देशका ठुला शहरबाट युवायुवतीहरु व्यन्जनमा आईपुगेका थिए । ‘३० प्रतिशत भन्दा बढि रेन्टरटेनमेन्टमा सहभागिता जनाउने पोखरा बाहिरका थिए ।’

व्यन्जन रेस्टुरेन्टका संचालक वैभव पौडेलले भने– ‘अहिलेको यस्तो अवस्थामा पनि झरीमा नाच्न आउने युवायुवतीको भीड देखेर मलाई निकै खुशि लागेको छ ।’ व्यन्जनले गर्दै आएको झरीमा गरिने डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’ को यो दोस्रो सँस्करण हो ।

झरीमा नाच्दै झुम्ने यस्तो खालको डान्स पार्टी पोखरामै पहिलोपटक व्यन्जनले गरेको व्यन्जनका म्यानेजर मनोज भट्टले बताए । नेपालकै सबैभन्दा बढि झरी पर्ने शहरको रुपमा चिनिने पोखराको विशेषता अनुसारको डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’ हरेक वर्ष हुने उनले बताए ।

शनिबार भएको झरी डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’मा अभिनेता सौगात मल्ल, फेशन कोरियोग्राफर प्रशान्त ताम्राकार, अभिनेता सन्दिप क्षेत्री, फोटोग्राफर राजीव श्रेष्ठ र फेशन डिजाईनर राजेश धख्वा लगायतका सेलेब्रिटीहरुको समेत सहभागिता रहेको थियो । सेलिब्रिटीहरुसँग पानीमा भिज्दै नाच्न पाउँदा पोखरेली युवायुवतीहरु अझै बढि खुशि देखिन्थे ।

शनिबारको ईभेन्टको क्रममा व्यन्जनले पाँच लाख रुपैयाँ भन्दा बढि कारोबार भएको जनाएको छ । उसले कारोबारबाट भएको नाफा मध्ये १० प्रतिशत रकम कास्कीको भदौरे र लुम्लेका पहिरो पीडितहरुलाई प्रदान गर्ने जनाएको छ । इभेन्टको म्यानेजमेन्ट ओम इभेन्टस् र जक्सन डटकमले गरेको हो । 

for more photos click here : http://jukson.com/event/171/raintertainment-2-a-shower-party-byanjan

Write a Comment

Events
Random Picks