रणवीर र आलियाको फिल्म ‘गली ब्वाय’ को छायांङ्कन सुरु
14-January-2018


जकसन डटकम
पोखरा, ०१ माघ

‘पद्मावत’ अभिनेता रणवीर सिंह र आलिया भट्टले एक अर्को फिल्म ‘गली ब्वाय’को काम सुरु गरेका छन् । यो एक सांगीतिक ड्रामामा आधारित फिल्म हो, जस्को निर्देशन जोया अख्तरले गरिरहेकी छिन् । ‘गली ब्वाय’ मुम्बईका स्ट्रीर्ट यापर डिभाइन र नेजीको जीवनीमा आधारित फिल्म हो । फिल्मका कलाकारहरुले सामाजिक संजालमा फिल्म सम्बन्धी विभिन्न  गतिविधिहरु पोस्ट गरिरहेका छन् जसले गर्दा बलिउड कलाकारहरु तथा फ्यानहरु निकै उत्साहित भइरहेकाछन् ।  

यतिबेला रणवीरको अर्को फिल्म ‘पद्यावत’ विभिन्न विवादहरुको केन्द्रमा रहेको छ । रणवीरका अनुसार उनी आफ्नो नयाँ फिल्म ‘गली ब्याय’मा काम गर्न निकै उत्साहित छन् । नायिका आलिया भट्टले ट्वीटर मार्फत फिल्मको छायांकन आजबाट सुरु भएको जानकारी सहितको पोष्ट गरेकी छिन् । फिल्मकी निर्देशक जोया अख्तरले पनि फिल्मको छायांकनको पहिलो दिनको फोटोसहितको पोष्ट इन्स्टाग्राम मार्फत सेयर गरेकी छिन् । यस फिल्ममा रणवीर सिंह, आलिया भट्टसंगै कल्की कोचलिनको भूमिका पनि रहेको छ । 

Write a Comment