अहिलेसम्मकै महंगो रकममा बिक्यो ‘शत्रु गते’ ओभरसिज राइट
14-January-2018


जकसन डटकम
पोखरा, ०१ माघ

मल्टिस्टारर सिनेमा ‘शत्रु गते’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्री भएको छ ।  ओएसआर डिजिटलले सिनेमाको  डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरेको छ । सम्भवत यो रकम अहिलेसम्म नेपाली सिनेमालाई दिइएको सबै भन्दा बढी हो । अहिले पोष्ट प्रोडक्सको काम  भैरहेको सिनेमा प्रदर्शन पूर्व नै लगानी सुरक्षित मात्र हैन फाइदामा गएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, बसुुन्धरा भुसाल, रमेशरंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतको अभिनय रहेको छ । मह सञ्चारको ब्यानरमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् ।  चैत्र ९ मा रिलिज हुने सिनेमाको प्रचार सामग्रीका रुपमा ३ साता अघि रिलज गरिएको ‘रुपै मोहनी’ बोलको गीत अहिले सर्वा्धिक चर्चामा छ ।

लोकराज अधिकारीको शब्द टंक बुढाथोकीको संगीत तथा मिना निरौला र टंक बुढाथोकीको स्वर रहेको गीतले युट्युबमा २४ घन्टामा सबैभन्दा धेरै पटक हेरिने गीतको रेकर्ड कायम गरेको छ । रिलिज भएको तेश्रो सातामा ट्रेण्डिङमा रहदै गीतले झण्डै चालिस लाख भ्यूज पाएको छ ।

Write a Comment