अनमोलकी हिरोइन् अदीतिले भनिन् – प्रदीपसँग रोमान्स गर्न चाहान्छु
14-January-2018


जकसन डटकम
पोखरा, ०१ माघ

अनमोल केसी अभिनित चलचित्र ‘कृ’की अभिनेत्री अदीति बुढाथोकी अब चाँडै तेलगु चलचित्रमा पनि देखिने भएकी छन् । आइतबार एक कार्यक्रमसहित पत्रकारसँग भेटघाट गरेकी अदीतिले आफू छिट्टै तेलगु चलचित्रमा देखिने बताइन् ।  नेपाली चलचित्र अगाडि भारतीय चलचित्र नगरीमा संघर्ष गरेकी अदीतिले त्यहाँका केही सट चलचित्र र म्युजिक भिडियोमासमेत काम गरेकी छन् । इष्टाग्राममा सार्वजनिक गर्ने हट तस्बिरका कारणले भारतीय मिडियामासमेत बेलाबेलामा छाउने गरेकी उनलाई कतिपयले भारतीय नागरिकसमेत भन्ने गरेका छन् । तर, उनी यो आरोपको  खण्डन गर्द्छिन् । 

‘मोडलिङ एजेन्सीको अनुबन्धनले मात्र नेपाल इन्डिया आउने जाने गरेकी हुँ’ उनले थपिन् ‘म नेपाली नागरिक हुँ र मेरो पहिलो प्राथमिकता नेपाल र नेपाली चलचित्र रहने छ ।’अदीति अभिनित पहिलो नेपाली चलचित्र ‘कृ’ २६ माघबाट प्रदर्शनमा आउँदैछ । चलचित्रबाट उनी, निकै आसाबादी पनि रहेकी छन् । यो चलचित्रले अभिनय करियरमा थप उचाई दिने उनको बिस्वास रहेको छ । कृलाई ‘वन्डरफूल’ चलचित्र भनेकी बुढाथोकी अभिनेता अनमोललाई ह्यान्डसमको रुपमा प्रशंसा गरिन् । अनमोलको स्टारडम देखेर कृ खेलेको हो ? अदीतिलाई प्रश्नसमेत राखिएको थियो । जवाफमा उनले अनमोलको स्टारडम भन्दा पनि स्क्रिप्ट र टीम उत्कृष्ट लागेकाले अभिनय गरेको बताइन् ।

‘अनमोलको कारणले चलचित्र खेल्ने भए ‘ड्रीम्स’ पनि खेल्थँे’ बुुढाथोकीले भनिन् ‘त्यतिबेला स्कुल पढिरहेकी थिएँ । चलचित्र अभिनय गर्न मनासिफ ठाँनिन ।’ आफुले चाहे जस्तो कथाबस्तु भयो भने चलेका, नचलेका र नयाँ अनुहार जोसुकैसँग पनि काम गर्न तयार रहेको उनले सुनाइन् ।  नेपाली अभिनेत्री प्रियंका कार्कीबाट प्रभावित भएको बताउने उनले अर्काे महंगा हिरो प्रदीप खड्का पर्दामा रोमान्स गर्ने इच्छा रहेको बताइन् । आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र कृ भावनात्मक र कमेडीले भरिपूर्ण चलचित्र भएको बताएकी अदीतिले चलचित्रले दर्शकलाई मनोरञ्जन दिने दाबी समेत गरिन् ।

Write a Comment