हलिउड फिल्मबाट ‘शेरबहादुर’ प्रभावित
16-January-2018


जकसन डटकम
पोखरा, ०३ माघ

माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ एक अंग्रेजी फिल्मबाट प्रभावित भएको निर्माण टीमले स्वीकार गरेको छ । मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमबमा फिल्मका मुख्य कलाकार सुनिल थापाले अंग्रेजी फिल्मबाट प्रभावित भएपनि ‘शेरबहादुर’लाई नेपालीपनमा जोड दिएको बताए । उनले भने, ‘हामीलाई धेरै आरोप लागेको छ कि ‘शेरबहादुर’ अंग्रेजी फिल्मबाट प्रभावित छ । हो, तर दर्शकले फिल्म हेरेपछि त्यो महशुस गर्नुहुन्न । विल्कुलै फरक बनाएका छौं । यो एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । मेरै वरिपरि फिल्म घुमेको छ । एक अन्धो मानिसको भूमिका मैले निर्वाहा गरेको छु ।’ उनले आफ्नो लागि ‘शेरबहादुर’ ’माइलस्टोन’ सावित हुनेमा पनि विश्वस्त रहेको बताए । फिल्ममा थापाले ‘शेरबहादुर’को भूमिका निर्वाहा गरेका छन् । नायक कर्माले फिल्ममा आफ्नो भूमिका फरक रहेको बताए । 

पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘गुण्डा र लभरव्वाईको भूमिकामा मलाई दर्शकले देखिसक्नुभएको छ । यसमा यी दुवै भूमिका मिश्रित छ ।’ नायिका मेनुका प्रधान पनि आफूलाई ‘शेरबहादुर’बाट ठूलो आश रहेको बताइन् । यस्तै, अर्का प्रमुख कलाकार रविन्द्र झाले फिल्म गर्दाको समयमा आफूलाई रियलमै डर लागेको बताए । उनी भन्छन्, ‘कुनै(कुनै दृश्यमा म आफैं डराएको थिएँ । हामीले सोचेको जस्तो फिल्म बनाउन सफल भएका छौं । दर्शकले हेरुन्जेल भरपुर मनोरञ्जन लिनेछन् ।’ फिल्मका सह(निर्देशन प्रदीप भट्टराईले ’शेरबहादुर’ अंग्रेजी फिल्मबाट प्रभावित भएपनि दर्शकले त्यो महशुस गर्न नपाउने बताए । उनी भन्छन्, ‘हामीले नेपालीपन मिसाएर फिल्म बनाएका छौं । दर्शक खुसी हुनुहुन्छ भन्नेमा ढुक्क छौं ।’ यो फिल्मको लगभग ८० प्रतिशत छायांकन एक भब्य सेट खडा गरेर खिचिएको हो । ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

Write a Comment