बुद्धिले अब ‘चङ्गा’ उडाउने
18-January-2018


जकसन डटकम
पोखरा, ०४ माघ

बुधबार ‘चङ्गा’ फिल्म निर्माण गर्ने घोषणा गरिएको छ। फिल्ममा ‘बुद्धि तामाङ’हैट’को मूख्य भूमिका रहने जानकारी घोषणा कार्यक्रममा दिइयो। फिल्मलाई ‘डिट्टा साब’ पात्रबाट चर्चित रहेका कलाकार किशोर भण्डारीले निर्देशन गर्नेछन्। 

फिल्मका अन्य कलाकारमा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा भण्डारी स्वयमले लेखेका हुन्। 

कार्यक्रममा फिल्मको पर्दर्शन मितिसमेत सार्वजनिक गरियो। फिल्म जेठ ११ गते रिलिज हुनेछ। फिल्ममा रविन आचार्यको छाँयाकन तथा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहनेछ ।

Write a Comment

Events
Random Picks