बलिउडलाइ मजाक बनाए इरफान खानले , भिडीयो बन्यो भाइरल (हेर्नुहोस् भिडियो)
4-August-2015

जक्सन डटकम । बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो अभिनयको तारीफ बटुलिसकेका इरफान खानले बलिउड गितलाइ आलोचना गरेर बनाइएको भिडियोमा प्रस्तुत भएका छन् । केहि समय यता फेसबुक पेजमा अनौठा किसिमको पोस्टर सेयर गरेर भारतमा हंगामा मच्चाइरहेको  ‘एआईबी’ ले एक विवादास्पद भिडियो सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक गरेको उक्त भिडियो भारतमा भाइरल बनेको छ । 

भिडियोलाई ‘एआईबी एब्री बलीउड पार्टी सङ्ग फिट’ नाम दिइएको छ  । भिडियोमा बलिउडका पार्टी गीतहरुको मजाक उडाइएको छ । जहाँ इरफानले भरपुर साथ दिएका छन् । 

नयाँ भिडियोमा एआईबीले बलिउडका सय करोड कमाउने फिल्मको समेत मजाक उडाएको छ । ती फिल्ममा घटिया आइटम गीत राखिएको संकेत गर्दै गालि गरिएको छ ।

भिडियोमा हनी सिंहको नामै लिएर निशाना बनाइको छ ।  भिडियो सुरुआतमा इरफानले एआईबीका सदस्यसँग वार्तालाप गरेका छन् । जुन रमाइलो खालको छ । जहाँ विभिन्न फिल्मको मजाक उडाइएको छ ।  

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?t=21&v=r3nhttUMhrI