‘पिंजडा ब्याक अगेन’को प्रिमियरमा साराको तारिफ
18-January-2018


जकसन डटकम
पोखरा, ०६ माघ

बुधबार निखिल उप्रेती तथा सारा सिप्राली अभिनित ‘पिंजडा ब्याक अगेन’को प्रिमियरमा अभिनेत्री साराले आफ्नो अभिनयका लागि प्रशंसा बटुलेकी छन्। दन्वद निर्देशक हिमाल केसीको निर्देशकिय डेब्यू ड्रामा फिल्म हेरेका अधिकाशंले साराको अभिनयको प्रशंसा गरेका हुन्। ‘रूद्र’बाट डेब्यू गरेकी सारा अभिनत दोस्रो फिल्ममा धेरैले उनको अभिनय निखारिएको प्रतिक्रिया दिए। 

त्यस्तै प्रमियरमा सहभागीले सदाझै निखिलको एक्शनको तारिफ गरे। फिल्म मोफसलमा बिहिबारबाट प्रदर्शनमा आएको छ. उपत्यकामा शुक्रबार रिलिज हुनेछ। धेरै फिल्मको कथा मनपरेको प्रतिक्रिया दिएका थिए। फिल्ममा सारा निखलसँगै पुकार भट्टराई, भोलाराज सापकोटा, कुशाग्र भट्टराई आदिको मुख्य अभिनय रहेको छ। फिल्म निर्देशख शिव रेग्मी निर्दे्शित ‘आफन्त’को रिमेक हो।

Write a Comment

Events
Random Picks