मिस नेवा खोज्न घरदैलो
20-January-2018


जकसन डटकम
पोखरा, ०७ माघ

नेवा खलःकास्की सिजी मिस नेवाः ११३८ मा यथासम्भव धेरै प्रतियोगीको सहभागिता जुटाउन लागेको छ । प्रतियोगिताबारे जानकारी दिन संस्थाले कास्कीका नेवार वस्ती रहेका टोलहरुमा घरदैलो गरेको छ । घरदैलोमा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठ, महासचिव आनन्द श्रेष्ठ, सहसंयोजक विमल श्रेष्ठ, मिस नेवा ११३७ अंशु शाक्य लगायत सहभागी थिए ।

नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजग बनाउन प्रतियोगिता आयोजना गरिएको नेवा खल कास्की अध्यक्ष अशोक पालिखे बताउँछन् । उनी भन्छन्, ‘नेवारी युवतीमा भाषा, संस्कृति र आत्मविश्वास विकास गराउन यसले भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ । कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता हुने हामीले विश्वास गरेका छौं ।’ प्रतियोगिता नेवारी भाषा, संस्कृति, सभ्यतासहित व्यक्तित्व र नेतृत्व विकासको उत्कृष्ट मञ्च भएकाले यसमा सहभागी हुन उनले आग्रह गरेका छन् ।

प्रतियोगितामा सम्भव भएसम्म धेरै प्रतियोगी सहभागी गराउने अभिप्रायले प्रचारप्रचार, सम्पर्क र कार्यक्रम भइरहेको प्रतियोगिताका प्रचारप्रसार संयोजकमा अनिशा श्रेष्ठले बताइन् । प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भाग लिन सक्नेछन् । प्रतियोगिताको फाइनल चैत ३ गते हुने मूल संयोजक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

Write a Comment

Events
Random Picks