जान्हवी कपूर र ईशान खट्टरको फिल्म ‘ धडक’ को प्रर्दशन मिति सार्वजनिक
21-January-2018


जकसन डटकम
पोखरा, ०७ माघ

मराठी भाषाको सुपरहिट चलचित्र सैराटको हिन्दी रिमेक फिल्म ‘धडक’ मा डेब्यू गरिरहेका ईशान खट्टर र जान्हवी कपूरको फस्ट लुक सार्वजनिक भइसकेको छ । यसमा जान्हवी र ईसानको केमेस्ट्री निकै नै रोमान्टिक तरिकाले देखाइएको छ ।  यस फिल्मका निर्माता करण जोहरले फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन् । शशांक खेतानको निर्देशन रहेको फिल्म ‘धडक’ यही वर्षको जुलाई २० मा प्रदर्शन हुनेछ । 

ईशान र जान्हवी यस फिल्ममा प्रेमजोडीको रुपमा देखिने छन् । शाहिद कपूरका भाइ ईशान खट्टरको लिड हिरोका रुपमा यो डेब्यू फिल्म हो । उनले यस अघि सन् २००५ मा ‘वाह  ! लाईफ हो तो एसी’ फिल्मममा बाल कलाकारको रुपमा अभिनय गरिसकेका छन् । श्रीदेवीकी छोरी जान्हवीका लागि भने अभिनयको दुनियामा यो पहिलो सुरुवात हो ।

Write a Comment