‘फेरि–फेरि’मा ऋचा र अर्पण
23-January-2018


जकसन डटकम
पोखरा, १० माघ

अभिनेता अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मालाई जोडी बनाउँदै ‘फेरि फेरी’ फिल्म निर्माणको घोषणा गरिएको छ। पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको फिल्मको मंगलबार राजधानीमा शुभ मुर्हत गरियो । चलचित्र विकास बोर्डकी अध्यक्ष निकीता पौडेलको प्रमुख आथित्यतामा सम्पन्न शुभ मुर्हत समारोहमा अभिनेत्री ऋचा शर्माका साथमा अभिनेताद्वय अर्पण थापा र धर्मेन्द्र आचार्यले मुर्हत सटमा अभिनय गरेका थिए ।

फिल्मको माघ १८ गतेदेखि छायांकन सुरु हुने जानकारी कार्यक्रम दिइयो। निर्देशक पुरनले अत्यन्तै मनोरञ्जन फिल्म बनाउने ध्यय राखिएको बताए । ‘फेरि फेरि’मा अर्पण तथा ऋचाको साथमा बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीले अभिनय गर्नेछन् ।  निरज थापा निर्माता रहेको फिल्म सुरेश बज्रचार्यले खिच्ने छन् । फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, बिकास चौधरी र पुरन थापाको संगीत छ ।

Write a Comment

Events
Random Picks