‘पद्यावत’को रिलिज अघि किन पुगिन् दीपिका गणेश मन्दिर ?
24-January-2018


जकसन डटकम
पोखरा, ११ माघ

चलचित्र ‘पद्यावत’ भारतका सबै राज्यमा रिलिज हुने भएको छ । भारतको सर्वोच्च अदालतले सबै राज्यमा चलचित्र रिलिज गर्न मिल्ने फैसला सुनाएपछि यो बिषयमा रहेको अन्योल हटेको हो । सेन्सर बोर्ड र अदालतले रिलिजको बिषयमा दिएको ग्रिन सिंग्नल पछि निर्माण युनिट २५ जनवरीमा चलचित्र रिलिज गर्ने दौडमा छन् । चलचित्रको प्रचारदेखि बिवादसम्मका बिषयमा सबैभन्दा बढी चर्चा अभिनेत्री दीपिका पादुकोणको भएको छ । दीपिका यस चलचित्रको मुख्य भुमिकामा रहेकी छन् । चलचित्र रिलिज मिति नजिकिदै गर्दा दीपिका मंगलबार सिद्धिबिनायक मन्दीरको दर्शनमा समेत पुगेकी छन् । 

चलचित्र रिजिमा अब कुनै बाधा नपर्योस् भनेर उनले सिद्धिबिनायकसँग प्रथाना समेत गरेकी छन् । यो पटकको मन्दिर दर्शनमा दीपिकाले पद्यावतको सकुसल रिलिज कामना गरेकी छन् । सेतो कुर्ता सुरुवालमा मन्दिर पुगेकी दीपिकालाई भिडबाट बचाउन थुप्रै सेक्युरिटी गार्ड समेत तैनाथ दिए । दीपिका आफ्नो हरेक चलचित्र रिलिज पुर्व मन्दिर पुग्ने गरेकी छन् । राजस्थानका करणी सेना, बीजेपी नेता र हिन्दुवादी संगठनले चलचित्रलाई इतिहास माथी खेलबाड गरेको आरोप लगाएका छन् । चलचित्रमा रानी पद्यावतीलाई पनि घुमर डान्स गरेको देखाइएको छ । तर राजपुत राजघरानाका रानीहरुले घुमर डान्स गर्दैनन् ।

Write a Comment

Events
Random Picks