मिडियामा आएका फिल्मका कमाई दाबी तथ्य विहिन ः चलचित्र संघ
25-January-2018


जकसन डटकम
पोखरा, १२ माघ

नेपालका हल तथा फिल्म वितरकहरूको छाता संगठनले संचारमाध्यममा सार्वजनिक भइरहेका नेपाली फिल्मको कमाइका समाचारहरू तथ्यमा आधारित नभइ भ्रामक भएको तर्फ आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। बुधवार चलचित्र संघको केन्द्रिय कार्यलय विशालनगरमा बसेको कार्यसमिती बैठकले सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचार झैँ नेपाली फिल्मको व्यापार नभएको निष्कर्ष निकालेको छ । संघले त्यस्ता खबरले गलत सन्देश दिएको आफ्नो विज्ञप्ती उल्लेख गरेको छ। 

संघका अध्यक्ष प्रदिप कुमार उदय द्वारा जारी विज्ञप्तीमा हरेक फिल्मले अत्याधिक रुपमा व्यापार गरेको भन्ने गलत समाचारले नेपाली फिल्म क्षेत्रलाई प्रतिकुल असर पर्ने भन्दै यस्ता किसिमका अनर्गल प्रचार(प्रसार तत्काल बन्द गरि सत्य(तथ्य र यथार्थपरक व्यापारिक रिपोर्ट मात्रै सञ्चारमाध्यममा दिन संघका सदस्यलाई आग्रह गरिएको छ । संघले निर्माताहरूलाई यस्तो गलत जानकारी नदिन पनि आग्रह पनि गरेको छ। यस्तै, कार्यसमिती बैठकले संघको ४५ औं वार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

Write a Comment