पोखरेली लाहुरेले धरानमा तहल्का पिट्ने ।
5-August-2015

लक्ष्मि दर्नाल
वैशाख १२ गतेको भुकम्पले क्षति पुर्याएको विद्यालय निर्माणमा सहयोग पुर्याउने उद्येश्यले धरान–१२ स्थिते पव्लिक उच्च माविको खेल मैदानमा आवाज लाईभ कन्सर्ट हुने भएको छ । 
वुद्ध कुमारी फाउण्डेशनको आयोजना तथा टिएसएनको इभेन्ट म्यानेजमेन्टमा आगामि शनिवार कन्सर्ट हुने भएको छ । भुकम्पवाट क्षति पुर्याएको सिन्धुलपाल्चोकको हाईव्रुङ गाविसमा रहेको निम्न उच्च माविको भवन निर्माणका लागि सो कन्सर्ट आयोजना गरिएको वुद्ध कुमारी फाउण्डेशनका धरान प्रतिनिधि रोशु रेग्मीले वताए । यसअघि वुद्ध कुमारी फाउण्डेशनले धादिङ, गोर्खा र सिन्धुलपाल्चोकका विभिन्न गाविसका भुकम्पपिडितलाई घर टहरा निर्माण गर्दै राहत वितरण गरेको उनले वताए । धरान, चितवन, पोखरा, वुटवल, काठमाण्डौं गरी ५ वटा शहरहरुमा आवाज लाईभ कन्सर्ट हुनेछ । धरानमा आयोजना हुने कार्यक्रमको संयोजन । जोईन्ट हेण्ड सेफ लाईफले गरेको छ ।उक्त कन्सर्टमा नेपालका चर्चित ब्यान्ड दि एज,लाहुरे र अरु केही लोकल ब्यान्डहरुले प्रस्तुत गर्नेछन ।

Write a Comment

Events
Random Picks