जाडोमा बोल्ड वर्षा
26-January-2018


जकसन डटकम
पोखरा, १३ माघ

काठमाडौँमा ज्याकेटले पनि जाडो थाम्न मुश्किल परिरहेको काठमाडौँवासीलाई अवगत छ । यस्तो जाडोमा पनि आफूलाई ’हट’ देखाउनुपर्ने बाध्यता छ, हिरोइनहरूलाई । धेरैजसो हिरोइनका लागि जाडो याम सबैभन्दा अप्रिय मौसम होला । किनभने जाडोमा ओठ फुट्ने, गाला फाट्ने, छाला फुस्रिनेजस्ता समस्या त छँदैछ । त्यसमाथि पातलो र छोटो लुगा लगाएर आफ्ना अंगहरु ‘एक्सपोज’ गर्न पनि मिल्दैन । त्यो भनेको उनीहरुको यौवन छोपिनुसरह हो । बिहीवार काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका वर्षा सिवाकोटीको पहिरनको खुबै चर्चा भयो । हुनत, नेपाली नायिकाहरु प्रायः पहिरनकै कारण मिडियाको लाइमलाइटमा पर्ने गर्छन् । 

फिल्म ’रानीमहल’ को घोषणा सभामा वर्षा निकै ’हट’ भएर उपस्थित भएकी थिइन् । उनको पहिरन हेर्दा लाग्थ्यो काठमाडौं यतिबेला गर्मीको रापमा बाफिएको छ । प्रायः फिल्मको कार्यक्रममा सिम्पल पहिरनमा पुग्ने वर्षालाई खोई जाडोमा किन यति बोल्ड हुने रहर जाग्यो ? सायद उनी अब परिवर्तन हुन चाहन्छिन्। पत्रकारको एक प्रश्नमा उनले भनिन्, ’यहाँ सबैजना यति राम्रा—राम्रा व्यक्तिहरु हुनुहुन्छ त्यसैले आफू पनि राम्री हुन मन लाग्यो ।’ वर्षाको फिल्म ’रानीमहल’ मा लिड रोल छ । लगातार फिल्म गरिरहे पनि खासै सफलताको झण्डा फहराउन नपाएकी वर्षालाई यो फिल्मबाट ठूलो आश छ । हालैमात्र उनले ’भैरे’ नामक फिल्मको काम सकाएकी छिन् । ’नाई नभन्नू ल २’ बाट नेपाली रजतपटमा भित्रिएकी उनले ’पशुपतिप्रसाद’, ’लप्पन छप्पन’, ’सुब्बा साब’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् । 

Write a Comment