आशा भोस्लेलाई यश चोपडा मेमोरियल अवार्ड
28-January-2018


जकसन डटकम
पोखरा, १५ माघ

बलिउड गायिका आशा भोस्ले यश चोपडा मेमोरियल नेशनल अवार्डले सम्मानित हुने भएकी छन्। रेडि फाउन्डेशनले प्रदान गर्न लागेको उक्त अवार्डमा उनले भारतीय १० लाख प्राप्त गर्ने भएकी छिन्। आशाले ७ दशकसम्म हिन्दी फिल्ममा योगदान दिएकी छन्। ११ हजार गीत र २० भाषामा गीत गाएकी उनले गिनिज वर्ल्ड रेकर्डमा कीर्तिमान समेत राखेकी छिन्। 

फाउन्डेशनले भनेको छ, ‘आशा भोस्ले भारतीय सिनेमाकी एक प्रसिद्ध प्लेब्याक गायिका हुन्, जसले करीब एक हजार बलिउड फिल्ममा गीत भरेकी छन्।’ सन् २०१२ मा दिवंगत भएका यश चोपडाको निधनमा यो अवार्ड प्रदान गरिँदै आएको छ। यो अवार्ड जित्ने आशा पाचौं विजेता हुन्। यसअघि, गायिका लता मंगेस्कर, अमिताब बच्चन, रेखा र शाहरुख खानले उक्त अवार्ड प्राप्त गरिसकेका छन्। महाराष्ट्रका विधासागर राव र लता मंगेस्करले आशालाई उक्त अवार्ड प्रदान गर्दैछन्। अवार्ड फेब्रुअरी १६ मा प्रदान गरिनेछ।

Write a Comment