‘ट्वाइलेट’ र ‘प्याड म्यान’ पछि ‘गोल्ड’का साथ आए अक्षय कुमार
7-February-2018

जकसन डटकम
पोखरा, २५ माघ

चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’को सफलतापछि अभिनेता अक्षय कुमार ‘प्याडम्यान’को प्रमोशनमा लागेका छन् ।  ‘प्याडम्यान’ को ट्रेलर र गीत पनि दर्शकले धेरै रुचाएका छन् । यसै क्रममा अक्षयको अर्को चलचित्र ‘गोल्ड’ को टिजर सार्वजनिक भएको छ । यो चलचित्र भारत स्वतन्त्र भएपछि सन् १९४८ मा लण्डनमा आयोजित १४ औं ओलम्पिकमा हकी खेलबाट भारतले जितेको पहिलो गोल्ड मेडलमा आधारित छ । 

चलचित्रमा अक्षय कुमारले हकी कोचको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा रीमा कागतीको निर्देशन रहेको छ भने निर्माता रितेश सिधवानी र फरहान अख्तर हुन् । यही चलचित्रबाट टेलिभिजनकी अभिनेत्री मौनी रोयले बलिउडमा डेब्यू गरेकी छिन् । अक्षय कुमार, मौनी रोयसँगै अमित साध, विनीत सिंह, कुनाल कपूर  र शन्नी कौशललगायतको अभिनय रहेको चलचित्र ‘गोल्ड’ २०१८ को अगष्ट १५ मा रिलिज हुनेछ । 

Write a Comment