‘नेपाली ठिटोज’ सुनिलको फिल्ममा डेब्यु
7-February-2018

जकसन डटकम
पोखरा, २५ माघ

जिटिभीको नृत्यमा आधारित रियालिटी शो ‘डान्स इन्डिया डान्स सिजन–४’ मा आफ्नो दमदार नृत्यबाट सबैलाई आश्चर्य चकित बनाएका ‘नेपाली ठिटोज’ का सुनिल क्षेत्रीले अब फिल्ममा अभिनय गर्ने भएका छन् । सिल्भर लेक पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘चि मुसी चि’ मा सुनिलको जोडीको रुपमा अलिशा शर्मा देखिँदैछिन् । उनी पनि चर्चित नृत्यांगना हुन् । 

’सकुन्तला’ फेम निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्ने म्यूजिकल थ्रिलर विषयमा निर्माण हुन लागेको फिल्ममा कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की, रश्मी भट्ट लगायतका कलाकारले पनि अभिनय रहनेछ । काठमाडौं, इलाम र पोखरामा छायांकन हुने फिल्म महेश्वर खत्री र सुवास भुर्तेलले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता शिवराज कार्की हुन् भने अरुण गुरुङ र अनिल श्रेष्ठ चलचित्रका सह—निर्माता हुन् । ‘चि मुसी चि’ मा बासु न्यौपानेको छायांकन, अष्ट महर्जनको एक्सन, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, सुरज अधिकारीको संगीत रहनेछ ।

Write a Comment

Events
Random Picks