‘बागी २’ माधुरी बन्नेछिन् ज्याकलिन
9-February-2018


जकसन डटकम
पोखरा, २७ माघ

बलिउड इन्डस्ट्रीमा प्रत्येक दिन कयौं गीत रिलिज हुने गर्छन् तर फेरि पनि अब इन्डस्ट्रीमा ९० को दशकको हिट गीतको रिमिक्स्ड भर्जन विना कुनै फिल्म पूरा हुँदैनन् । यस्तै, चाँडै बलिउड स्टार टाइगर श्राफ र दिशा पटानीको फिल्म ‘बागी २’ मा पनि ९० को दशकको हिट गीत राखिने भएको छ । 

यो गीत बलिउड सुन्दरी माधुरी दीक्षितमाथि फिल्मांकन गरिएको थियो । खासमा, माधुरीको गीत ‘एक दो तीन’ को करा गर्दैछौं र यो गीत फिल्म ’तेजाब’ को हो । तर, यो गीतको रिमेकमा माधुरी होइन ज्याकलिन फर्नान्डेज देखिँदैछिन् । अहिले यो गीतको सुटिङ भइरहेको छ । गणेश आचार्य र अहमद खानले मिलेर गीतको कोरियोग्राफी गरिरहेका छन् । फिल्म ‘बागी २’ सन् २०१६ मा आएको फिल्म ‘बागी’ को सिक्वेल हो । 

फिल्म ‘बागी’ मा टाइगरको साथमा अभिनेत्री श्रदा कपुर मुख्य भूमिकामा थिइन् । यसअघि फिलम बागीको निर्देशन शब्बीर खानले गरेका थिए । तर यो फिल्म अहमद खानले निर्देशन गरिरहेका छन् । खबरका अनुसार बागी २ सन् २०१८ को मार्च ३० मा रिलिज हुँदैछ ।

Write a Comment

Events
Random Picks