प्रणय दिवसको कोसेली ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक
12-February-2018


जकसन डटकम
पोखरा, ०१ फागुन

प्रणय दिवसलाई लक्षित गर्दै अम्बिका गुरुङले ओ मेरी भ्यालेन्टाइन बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् । गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाज रहेको छ भने प्रकाश लेप्चाले संगीत गरेका छन् । समन अधिकारीको  निर्देशनमा बनाइएको भिडियोमा  छायाङ्कन दीपेन्द्र, भुपेन्द्र र सरोजले गरेका हुन् । सम्पादन भने सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स देख्न सकिन्छ ।

Write a Comment