सुदर्शन र पुजाको ' रामकहानी ' शुरु ( फोटो फिचर )
13-February-2018

जक्सन डट कम 
फाल्गुन १ , पोखरा ।
चलचित्र मेरो एउटा साथी छ बाट नेपाली चलचित्र निर्देशनमा छवि बनाएका र  बक्स अफिसमा आधा दर्जन बढी चलचित्र निर्देशन गरिसकेका निर्देशक सुदर्शन थापाले अर्को चलचित्र रामकहानीको सुटिङ्ग शुरु गरेका छन् ।
निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको संयुक्त लगानी रहेको चलचित्र रामकहानीको शुभ मुर्हत मंगलबार पोखराको कास्की देउरालीमा सम्पन्न भएको हो । शुभ मुर्हत संगै चलचित्र फ्लोरमा गएको छ । 


चलचित्र कमेडी लभस्टोरी जनरामा निर्माण हुने जनाइएको छ । ‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’, ‘प्रेमगीत’ जस्ता फिल्म उनले निर्देशन गरिसकेका छन् । ‘रामकहानी’को कथा लेखन र निर्देशनको जिम्मेवारी सुदर्शन आफैंले सम्हालेका छन् ।


निर्देशक थापाका अनुसार, फिल्ममा नायिका पूजा शर्मा,आकाश श्रेष्ठ, हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहनेछ । पूजाले सुदर्शनका फिल्मभन्दा बाहिरको ब्यानर खासै काम गरेकी छैनन् । हुनत, यो जोडीको फिल्मलाई दर्शकको राम्रो साथ मिल्ने भएका कारण पनि सुदर्शन र पूजाको सम्बन्ध थप मजबुत हुँदै गएको छ ।


दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ । फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शनमा ल्याइने तयारी निर्माण पक्षले गरेको छ । 

 

photo : Jukson.com

To see more photos click here : http://jukson.com/event/777/nepali-movie-ramkahani-opening-clap

Write a Comment