प्याराडिसो स्पोर्टस् बारमा भ्यालेन्टाईन डेमा रक व्याण्ड कब्वेबले तताउने
13-February-2018


जकसन डटकम
पोखरा, ०२ फागुन

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रणय दिवसको अवसर पारेर पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा नेपालको प्रसिद्ध रक व्याण्ड कब्वेबका साथ अन्य विशेष कार्यक्रमको आयोजना गरेको छ । 

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विषेश बनाउन विशेष कार्यक्रमको आयोजना गरेको हो । आज साझँ हुने कार्यक्रममा कपल पार्टि हुने प्याराडिसो स्पोट बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले नेपाली युवाहरु माझ पनि पछिल्लो समय प्रणय दिवस लोकप्रिय बन्दै गएको बताउदै युवायुवती अझ विषेश बनाउन कार्यक्रम आयोजना गरेको बताए । उनले जोडी र युवतीलाई प्रबेश शुल्क नलाग्ने बताए ।

२५ वर्षिय चर्चित रक कब्वेब व्याण्डले हिट रक एल्वमहरु, मर्सि्डिज बेन्ज, रोलिङ स्ट्रिङ, रक एण्ड रोल, स्विङ जस्ता चर्चित एल्वमहरुका गित गाउने छ ।  त्यसै गरि डिजे भ्यालेन्टाईन, डिजे लभ र सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुती रहने उनले जानकारी दिए । पार्टी साझँ ७ देखि सुरु हुने पार्टीमा राती सम्म चल्लने छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेका लागि चर्चित रहको छ ।  

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ । 

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए । उनले प्रणय दिवसको अवसरको कार्यक्रम पछि राती रियल म्याडीड र पिएसजि बिच खेल समेत देखाउने बताए ।

Write a Comment