डिप्रेशनमा रहेका बबी देवलको करिअरको जिम्मा लिए सलमानले
13-February-2018


जकसन डटकम
पोखरा, ०२ फागुन

लामो समयदेखि राम्रो फिल्मको खोजीमा रहेका बबी देवललाई  सलमान खानले साथ दिएका छन् ।  असफल करिअरका कारण केही समय पहिले डिपे्रशनमा रहेका बबी चलचित्र ‘रेस ३’ बाट कमब्याक गरिरहेका छन ।  फिल्म ‘रेस ३’ को छायांकन सकिन नपाउँदै यसैबीच उनी दोस्रो फिल्ममा पनि काम गर्ने अवसर पाएका छन् । सलमान खानले बबीलाई उनको आगामी फिल्म ‘भारत’मा पनि काम दिने कुराको चर्चा सुरु भएको छ । बबी देवललाई फिल्म ‘रेस ३’ मार्फत कमब्याक गराइरहेका सलमान खान बबीको करिअरलाई माथि उठाउनका लागि अर्को जिम्मेवारी लिन खोज्दैछन् । ‘रेस ३’ मा बबीको कामबाट सलमान निकै प्रभावित भएका छन् । 

त्यसैले सलमानले बबीलाई उनको अर्को फिल्म ‘भारत’ पनि लिन चाहेका हुन् । सलमानले बबीलाई उनको फिल्म ‘भारत’मा काम गर्ने भनेर सोधेका थिए । बबीले पनि सलमानको लागि जुनसुकै भूमिकामा काम गर्न राजी भएको कुरा बताएका छन् । हाल फिल्म निर्माताहरुबीच फिल्ममा बबीको लागि कार्यतालिकामा चर्चा भइरहेको छ । सलमानको फिल्म भारत २०१९ को इदको अवसरमा प्रदर्शन हुने छ ।  हाल छायांकन भइरहेको फिल्म ‘रेस ३’ का लागि बबी आफ्नो लुक र फिटनेसमा धेरै मेहनत गरिरहेका छन् । फिटनेसकै लागि भनेर उनी जिमखानामा धेरै मेहनत गरिरहेका छन् । ‘रेस ३’ मा सलमान खान, बोबी देवलसँगै ज्याकलिन फर्ना्न्डिस,  डेजी शाह, साकिब सलीमलगायतका कलाकार रहेका छन् । रेमो डीसूजाद्वारा निर्दे्शित यो फिल्म २०१८ जून १५ मा अर्थात ईदमा प्रदर्शन हुनेछ । 

Write a Comment