‘सुई धागा’ मा वरुण र अनुष्काको यस्तो लुक्स !
13-February-2018


जकसन डटकम
पोखरा, ०२ फागुन

बलिउड अभिनेता वरुण धवन र अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘सुई धागा’ को फर्स्ट लुक बाहिर आएको छ । वरुणले आफ्नो ट्विटर ह्यान्डलमार्फत फिल्मको फर्स्ट लुक शेयर गरेका छन् । तश्बिरमा अनुष्का र वरुण देखिएका छन् । अनुष्काले साडी लगाएकी छिन् । वरुणले तश्बिरमा क्याप्सन लेखेका छन्, ‘मौजी र ममतासँग भेट्नुहोस् २८ सेप्टेम्बरमा ।’ फिल्मलाई शरत कटारियाले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् ।  

अनुष्काले जनवरीमा आफ्नो एक तश्बिर शेयर गरेकी थिइन्, जहाँ उनी सियोले कपडा सिलाउँदै गरेको देखिएकी थिइन् । यस्तै, वरुणले पनि आफ्नो ट्विटर ह्यान्डलमा कपडा सिलाउँदै गएको एक फोटो शेयर गरेका थिए । अहिले फिल्मको सुटिङ मध्य प्रदेशमा भइरहेको छ । यो फिल्म यस वर्षको २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । पहिलो पटक वरुण र अनुष्काले एकसाथ काम गरेका हुन् ।   

Write a Comment

Events
Random Picks