सन्नी लियोनलाई घिसारेर देश बाहिर निकाल्नुपर्छ : राखी सावन्त
7-August-2015

मुम्बई । पार्न वेबसाइटमा सरकारले प्रतिबन्ध लगाइने बिषयलाइ लिएर बिभिन्न ब्यक्तिहरुले विरोध गरिरहेका बेला बलिउडमा आइटम गर्लको नामले चर्चित राखी सावन्तले पोर्न वेबसाइटमा प्रतिबन्ध लगाउने भारतीय सरकारको निर्णयलाई समर्थन गरेकी छिन् । एक अंग्रेजी समाचारपत्रमा कुराकानी गर्दै राखी सावन्तले पोर्नका साथै सन्नी लियोनलाई पनि प्रतिबन्ध गर्नुपर्ने माग राखेकी छिन् । 

हरेक स्कूलमा पोर्न वेबसाइट हेरिन्छ । ११ वर्षका बच्चाहरु स्कूलमा बसेर पोर्न हेर्छन् । बच्चालाई मोबाइल र ल्यापटप दिइन्छ । यही कारण उनीहरु बिग्रिरहेका छन्,’ राखी भन्छिन्, ‘पोर्नका साथै सन्नी लियोनलाई पनि भारतमा प्रतिबन्ध गर्नुपर्छ । उनलाई यहाँबाट घिसारेर बाहिर निकाल्न आवश्यक छ ।’

बलिउडमा सन्नी लियोनका कारण नै अंगप्रदर्शनको होडबाजी चलेको राखी बताउँछिन् । उनी भन्छिन्, ‘सन्नीका कारण नै अरु अभिनेत्रीहरले पनि अंगप्रर्दशन गर्नुपरिरहेको छ । ’

Write a Comment