‘भाइरल गर्ल’ प्रियाले गर्लिन् बलिउडमा डेब्यू ?
14-February-2018


जकसन डटकम
पोखरा, ०३ फागुन

समाजिक सञ्जालमा एक युवतीको तश्बिर यतिबेला खुब भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ । धेरैले उनको तश्बिरमा लोभलाग्दा कमेन्ट गरेका छन् । उनी भारतको मलयालम नायिका प्रिया प्रकाश वारियर हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन् । उनको डेब्यू फिल्म ‘ओरु अदार लभ’ हो । यही फिल्मको ‘मानिक्या मलाराया’ भिडियो गीत अहिले भाइरल भइरहेको छ । 

साउथकी यी एक्ट्रेसको पपुलारिटीलाई मध्येनजर गर्दै चाँडै बलिउडका मेकर्सले उनलाई साइन गर्न होड लाग्ने देखिएको छ । एक इन्टरभ्यूमा प्रिया प्रकाशलाई मलयालम फिल्मपछि बलिउडमा काम गर्ने विषयमा प्रश्न गरियो । यस विषयमा उनले भनिन्, ‘मलाई हरेक भाषाका फिल्ममा काम गर्न मन छ । बलिउडमा त झन काम गर्न निकै इच्छुक छु ।’ प्रिया बलिउडमा ‘पद्मावत’ हिरोइन दीपिका पादुकोणको फ्यान हुन् । यति मात्र होइन, उनी दीपिकाको फेभरेट डाइरेक्टर सञ्जय लीला भंसालीसँग काम पनि गर्न इच्छुक छिन् । इन्टरभ्यूको क्रममा उनले रणवीर सिंह, शाहरुख खान वा सिद्धार्थ मल्होत्रासँग काम गर्न मन रहेको पनि बताइन् ।

Write a Comment

Events
Random Picks