चर्चित भारतीय ब्याण्ड ' सनम ' नेपाल आउदै
17-February-2018

जक्सन डट कम 
फाल्गुन ५ , पोखरा ।

चर्चित भारतीय ब्याण्ड ' सनम ' नेपाल आउने भएको छ । ' सनम लाईभ इन नेपाल ' नामक कार्यक्रममा आफ्ना प्रस्तुतिहरु दिन ' सनम ' ब्याण्ड यही फाल्गुन १९ गते  ( शनिबार ) नेपाल आउन लागेको हो । 

गुलाबी आखे, लगाजा गले, तुझ्से नाराज नही जिन्दगी जस्ता चर्चित बलिवुड नम्बरहरुको कभर सङ्गले चर्चामा आएको र युट्युबमा ३५ लाख भन्दा बढी सब्स्क्राइबर कमाईसकेको ' सनम ' ब्याण्ड पहिले पटक नेपाल आउन लागेको हो । 

काठमान्डूको जाउलाखेल मैदानमा हुनगैरहेको सो कार्यक्रममा ' सनम ' ब्याण्ड संगै नेपालका चर्चित र्यापर आशिष राना ( लाउरे ) , गायक स्वप्न सुमन लागायतले पनि आफ्ना प्रस्तुतीहरु राख्ने आयोजक प्याराडोक्स सिटी इन्कले जनाएको छ ।  कार्यकम हेर्नका लागी दर्शकहरुको सुबिधालाई ध्यानमा राखी  एक हजार पाँच सय, तिन हजार र पाँच हजार रुपैयाँको छुट्टा छुट्टै टिकटको ब्यबस्था गरिएको प्याराडोक्स सिटी इन्कका फाउण्डर सुप्रिया श्रेष्ठले जानकारी दिनुभएको छ । 

For More Click the link : https://www.facebook.com/events/178179289442382/

Write a Comment

Events
Random Picks