कन्दराको ‘हिमाल मुनी…’
19-February-2018

जक्सन डट कम 
फाल्गुन ७ , पोखरा ।

सांगीतिक समुह कन्दराको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । 'कन्दरा' आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ' हिमाल मुनी…’ शीर्षकको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएको हो ।

कन्दराका गायक बिवेक श्रेष्ठको स्वर र कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाको शब्द तथा संगीत रहेको गीतलाई  माया गर्ने जोडीहरुलाई समर्पित गरिएको बिवेक श्रेष्ठले बताएका छन । 
भिडियोमा मोडलका रुपमा प्रमेश केसी र आस्था काफ्ले देखिएका छन् भने  संगीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका संगीत संयोजक हुन् ।

नेपाल र अस्ट्रेलियाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् । छायांकनमा उनलाई पुस्कर थापा तथा सूरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो । 

Write a Comment

Events
Random Picks