पोखरा आउदै भारतीय गायक अमित पल
19-February-2018

जक्सन डट कम 
फागुन ७, पोखरा । 

प्रशान्त तामाङ्ग २००७मा चर्चित सिङ्गिङ्ग रियालिटी शो 'इन्डियन आइडल'को बिजेता हुँदा रनरअप हुन सफल भएका भारतीय गायक अमित पल पोखरा आउने भएका छन ।

पोखरा लेकसाइड स्थित डुङ्गा रेस्ट्रो एण्ड लाउन्ज बारले आफ्नो स्थापनाको एक बर्ष पूरा भएको अवसरमा भारतीय गायक अमित पललाई नेपाल ल्याउन लागेको हो ।

नेपाली भाषाका गीत पनि गाउने सक्ने र तेतीबेला देखिनै आफ्नो आवाजको जादु नेपाली मनहरुमा छर्न सफल भएका अमित पलले कार्यक्रममा चर्चित हिन्दी गीतहरु प्रस्तुत गर्नेछन् ।

रेस्टुरेन्टमा आउने ग्राहकलाई मध्यनजरमा राखी फागुन १० गते देखि १२ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा अमित पलसंगै मुक्ति एण्ड रिभाइवल, दि एक्स ब्याण्ड लगायत थुप्रै कलाकारहरुले मनोरञ्जन दिने कुरा रेस्टुरेन्टका प्रबन्ध निर्देशक राजेश गुरुङले बताएका छन्  ।

निशुल्क प्रवेशको व्यवस्था रहेको उक्त कार्यक्रममा ग्राहकले संगीत मात्र नभई स्वस्थकर खानाको समेत स्वाद लिन पाउनेछन्  ।

स्थापना कालदेखि विभिन्न सामाजिक कामसमेत गर्दै आएको उक्त रेस्टुरेन्टले ग्राहकले तिरेको प्रत्येक बिलबाट १००/१०० रुपैयाँ जम्मा गरेर कोष बनाएको छ । उक्त कोषमा जम्मा भएको रकम धुर्मुस सुन्तली फाउन्डेसनमा प्रदान गर्ने गुरुङले जानकारी दिए ।

Write a Comment

Events
Random Picks