श्रीदेवीको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे दु:ख ब्यक्त, राष्ट्रपतिले लेखे - ' स्तब्ध छु '
25-February-2018

जक्सन डट कम 
फागुन १३ , पोखरा ।

भारतकी पहिलो महिला सुपरस्टार श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । भतिजको वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयाघात भएर ५४ बर्षीय श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

शनिबार राती जब उनको निधनको दुखद खबर आयो त्यस पछि सबैले ट्विटरमा श्रद्धान्जली दिन सुरु गरेका छन् । 

भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्विटरमा श्रीदेवीको निधनले आफु स्तब्ध भएको भनि लेखेका छन् । उनि लेख्छन " फिल्म स्टार श्रीदेवीको निधनले म स्तब्ध छु । उनि लाखौ फ्यानको मन रुलाएर गईन । उनको  ' लम्हे ' ' ईङ्गलिश भिङ्गलिश ' जस्ता फिल्ममा रहेको प्रफरमेन्स अरु कलाकारहरुका लागी प्रेरणाको रुपमा रहनेछन । उनको परिवारजन  र नजिकी नातेदारहरुलाई मेरो समवेदना छ ।  "

भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले पनि दु:ख ब्यक्त गरेका छन् । उनि लेख्छन " प्रसिद्ध अभिनेत्री श्रीदेवीको असमाहिक निधनले दुखी छु । उनको लामो करियरमा उनलॆ फरक - फरक खालका विभिन्न यादगार रोल निभाएकी थिइन् । म यो दुखको घडिमा उनको परिवारको साथ छु । उनको आत्माले चिर शान्ति पाओस । "  

Write a Comment