‘बलिउड सेलिब्रेटी’ क्याटगोरीमा अदिति
27-February-2018

जक्सन डट कम 
फागुन १५ , पोखरा ।

'कृ' कि नायिका अदिति बुढाथोकीलाई चटपटे हिन्दी अनलाइन शन्ताबन्ता डटकमले ‘बलिउड सेलिब्रेटी’ क्याटगोरीमा उल्लेख गरेको छ । अदीतिको केहि थान हट बिकिनी फोटो उक्त अनलाइनको ‘बलिउड सेलिब्रेटी’ क्याटगोरीमा राखिएको हो ।

भर्चुअल संसारमा अदिति बुढाथोकीको खास क्रेज छ । त्यसैले त उनी भारतिय मिडियाहरुका निम्ति पनि ‘गरम मसला’ बन्ने गर्छिन् ।

केही समयअघि एक हिन्दी वेबसाइटले लेख्यो, ‘यी हुन् नेपाली सनी लियोनी ।’ यो विषय यति गर्मायो कि, अदितिले त्यस विषयमा आफ्नो रक्षात्मक बोली बोल्नैपर्‍यो । उनले भनिन्, ‘मलाई सनी लियोनीसँग दाँजेको मन पर्दैन ।’

अदिति यस्ती अभिनेत्री हुन्, जसले फिल्ममा खासै कमाल गर्न नसकेपनि सोशल मिडियामा धुम मच्याइरहेकी छिन् । अदीतिले ‘कृ’मा अनमोल केसीसँग स्क्रिन शेयर गरेको चर्चा चलिरहँदा उनी केही हिन्दी अनलाइनमा समेत ‘कभरेज’ भइन् । यसबीचमा उनले हिन्दी/पञ्जाबी म्युजिक भिडियोमा अभिनय गरिन् ।

त्यसो त अदिति धेरैजसो समय मुम्बईमा बिताउँछिन् । मुम्बईमा पनि उनि करियरको लागि स्ट्रगल गरिरहेकी छिन ।

Write a Comment