बैशाख २१ मा खगेन्द्रको ‘डमरुको डण्डीबियो’
2-March-2018

जक्सन डट कम 
फागुन १८ , पोखरा ।

नेपाली रजतपटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल अभिनेता खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिती तय भएको छ।

निर्माण पक्षका अनुसार चलचित्र बैशाख २१ बाट हलहरुमा लाग्ने छ ।चलचित्रको पोस्टरमा खगेन्द्र डण्डीबियो बोकिरहेको अवस्थामा प्रस्तुत भएका छन । 

स्वदेशमा लोप हुँदै गइरहेको डण्डीबियोको कथा चलचित्रले उठान गरेको छ । चलचित्र छेतेन गुरुङले निर्देशन गरेका हुन् । छेतेनले यसअघि नोभेम्बर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखेका थिए । 

चलचित्रमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोबु छिरिङ घलेको लगानीमा रहेको चलचित्रमा खगेन्द्रकै लेखन छ । कालीप्रसाद बाँस्कोटाको संगीत र हरी हुमागाइँको छायाँकन चलचित्रमा अटाएको छ । 

Write a Comment