''गाँजा हनटिङ्गको एक दिने कथा हो ' गाजा बाजा '; एन्ट इट्स नट एडप्टेड"
3-March-2018

जक्सन डट कम 
फागुन २० , पोखरा । 

'गाँजा' नामकै कारण निर्माण घोषणा देखी नै विवादमा फसेको चलचित्र ' गाजा बाजा ' फागुन २५ गते देखि प्रदर्शन हुदैछ । भल्गर डाईलगले भरिएको ट्रेलर पछि चलचित्रको चर्चा अझ चुलिएको छ ।

चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा ' गाजा बाजा ' टिम देश दौडाहामा छ । यसै बीच शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गणेश देव पाण्डेले  ' गाजा बाजा ' गाँजा हनटिङ्गको एक दिने कथा भएको बताएका छन् । 

" समाजमा यस्ता मान्छेहरु पनि छन् जसको कथा आज सम्म चलचित्रमा देखाईएको छैन। हाम्रै समाजमा हुने ग्लोबल सोसाईटीको सिको गर्ने, छाडा बोल्ने, गाँजाको नशाको लागी जे पनि गर्नेहरुको कथा हो 'गाजा बाजा' " उनले भने ।

कुनै बेला 'लागु पदार्थ स्वास्थ्यको हानिकारक छ ' भन्दै कार्यक्रमहरु गर्दै हिड्दा उनीहरुको कथा ब्यथा र बाध्यताको बारेमा बुझ्न पाएको उनि सुनाउछन । 

निर्देशक पाण्डेको पहिलो चलचित्र 'मन्जरी' नेपाली दर्शक धेरैले मन पराए जुन सन् २००४ को तामील चलचित्र ' काधल ' को नेपाली रिमेक रहेको थियो । तर  'गाजा बाजा' चलचित्र भने कुनै पनि चलचित्रको रिमेक वा एडप्टेड नभएको उनको दाबि छ ।

 'टुका इन्टरटेन्टमेन्ट' र 'डिआर फिल्मस्'को व्यनरमा निर्माण भएको चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय रहेको छ। 

याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। चलचित्रमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको लगानी रहेको छ । 

 

Write a Comment